नुवाकोट । तादी गाउँपालिका–२ स्थित चिलाउने आधारभूत विद्यालयबाट घर फर्कने क्रममा चिलाउने खोलामा आएको भलबाढीले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । खोलाले बगाएर अन्य तीन विद्यार्थी घाइते भएका छन् । विद्यालय छुट्टीपश्चात् बुधबार अपराह्न ४ बजे घर फर्कने क्रममा चिलाउने खोलाले बगाउँदा बालकक्षामा अध्ययनरत स्थानीय रामबहादुर तामाङका चार वर्षीया छोरी शशिकला तामाङको निधन भएको…