रामेछाप । सत्तारूढ नेपाली कांग्रेसका प्रभावशाली नेता तथा राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले आफ्नो दलले एमालेलाई सरकार सहकार्यमा धोका नदिने बताएका छन् । रामेछापमा कांग्रेस कार्यकर्ताहरुसँगको भेटघाटमा सिटौलाले कांग्रेसबाट एमालेसँगको सहकार्यमा विश्वासघात नहुने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नै आफूहरुलाई धोका दिएपछि एमालेसँगको सहकार्य गर्ने वातावरण बनेको पनि स्मरण गराए…