नेपाली काँग्रेस वागमतीको मत गणनामा सभापतिका उम्मेदवार इन्द्र बानियाँ र जगदीश्वर नरसिंह केसीबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । मतगणनामा कहिले बानियाँ अगाडि त कहिले केसीको अग्रता हुन थालेपछि रोचक प्रतिस्पर्धा भएको हो । जारी मतगणनामा ८०४ मत गन्दा केसीलाई उछिन्दै बानियाँले अग्रता लिएका हुन् । पछिल्लो परिणाम अनुसार बानियाँले ४१८ मत ल्याउँदा केसीले ३८० मत…