नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिको निर्बाचनमा संस्थापन पक्षका सभापति पदका उम्मेदवार बीर बहादुर बलायरको प्यानलले अग्रता कायम गरेको छ । शुरुदेखि नै अग्रता कायम गरेको बलायरको प्यानलले ६ सय मत गणना गर्दा फराकिलो अन्तर बनाएको छ । ६ सय मतमा बलायरले ४१४ पाएका छन् । सभापतिका अर्का उम्मेदवार नारायणदत्त मिश्रले १७३ मत पाएका छन् ।