ललितपुर जिल्ला प्रशासन कार्यालयले भोलि ललितपुरको चक्रपथ क्षेत्रभित्रको इलाकामा कर्फ्यू आदेश जारी गरेको छ। बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा झडप भएपछि तना वपूर्ण बनेको स्थिति नियन्त्रणका लागि प्रशासनले भोलि कर्फ्यू आदेश जारी गरेको हो।
ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नारायणप्रसाद भट्टले बिहान शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्मलाई कर्फ्यू आदेश जारी गरिएको बताए। उनका अनुसार बल्खु पुलदेखि मनहरा पुलसम्मको क्षेत्र र ललितपुर महानगरपालिकाको चक्रपथ भित्रको क्षेत्रमा लागू हुने गरी कर्फ्यू लगाइएको हो।
कर्फ्यूको समयमा आवत-जावत गर्न, भेला हुन र जुलुसनि काल्न रोक लगाइएको उनले बताए।यद्यपी स्वास्थ्य सेवा, प्रेस, दमकल, लगायत अन्य अत्यावश्यकीय सेवामा रोक लाग्ने छैन। त्यसका लागि छुट्टै पास पनि आवश्यक नपर्ने प्रजिअ भट्टले बताए।
पुल्चोकमा भएको स्थानीय र प्रहरीको भिडन्तका क्रममा केही स्थानीय र केही पत्रकारहरु घाइते भएका छन्। सडकमा भएको भिडन्तमा प्रहरीले अश्रुग्यास प्रहार गरेर स्थितिनि यन्त्रणमा लिन खोजेपछि स्थानीयहरुले घरको छतबाट आक्रमण गरेका हुन्।
भिडन्तमा स्थानीयहरुले ढुँगा प्रहार गरेका छन्, भने प्रहरीले पनि ढुंगा, अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ।कोरोना भाइरस महामा रीको कारण स्थगित भएको रातो मछिन्द्र नाथको रथयात्रालाई स्थानीयहरुले आफ्नै पहलमा बिहिबार तान्न खोजेका थिए।
रथलाई पुल्चोक दमकलबाट गाबहाल लगिँदै थियो। स्थानीय प्रशासनले भिड नगर्न अनुरोध गर्दागर्दै उर्लिएको भिडलाई नियन्त्रण गर्ने क्रममा भिडन्त भएको हो।




















प्रतिक्रिया