नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछानेको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। मंगलबार सानेपास्थित स्टार अस्पतालमा गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो ।
सन्दिपले सिजनको क्यारेवियन प्रिमियर लिग खेल्न जानुपूर्व कोरोना टेस्ट गराएका हुन् । उनलाई जमैकाले एक लाख ३० हजार अमेरिकी डलर (एक करोड ५६ लाख रूपैयाँ)मा अनुबन्ध गरेको हो। उनी बिहीबार कोरियन एयरको चार्टर्ड विमानबाट ट्रिनिडाड एन्ड टोबागो जाँदैछन्।
ट्रिनिडाड पुगेलगत्तै उनी दुई साताको क्वारेन्टिनमा बस्नेछन्। त्यहाँ फेरी उनको कोरोना टेस्ट हुने र कोरोना रिपोर्ट नेगेटिभ आएपछि मात्र उनी खेल खेल्न पाउने भएका हुन ।




















प्रतिक्रिया