विश्वव्याापी महामारीको रुपमा रहेको कोरोना भाइरस नियन्त्रण गर्न प्रधानमन्त्री केपी शर्मा ओली विज्ञसँग परामर्शमा जुटेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार जनस्वास्थ्य विज्ञ लगायतका व्यक्तिहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा परामर्श लिइरहेका छन् ।
नेपालमा पछिल्लो सयम लकडााउन अन्त्य गरे पनि कोरोनाको दर बढिरहेको भन्दै प्रधानमन्त्री ओलीले चिन्ता व्यक्त गरेका हुन् । मेडिकल एसोसिएसनका अध्यक्ष लगायत जनस्वास्थ्यका क्षेत्रमा क्रियाशीलहरूलाई निवासमा बोलाएर प्रधानमन्त्री ओलीले परामर्श गरिरहेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका ।
छलफल साढे ११ बजेबाट सुरु भएको हो ।पछिल्लो सयममा काठमाडौं उपत्यकामा समेत कोरोनाले भयावह स्थित लिएपछि प्रधानमन्त्रीले विज्ञहरुसँग छलफलमा जुटेका हुन् ।




















प्रतिक्रिया