नेपालमाा पछिल्लो २४ घण्टामा थप ३८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यो सँगै नेपालमा कुल संक्रमितको संख्या २१, ३९० पुगेको बताएका छन् ।
त्यस्तै बुधबार थप १३० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।नेपालमा हाल सम्म १५१५६ जना संक्रमित उपचार पश्चात घर फर्किएको मन्त्रालयले जनाएको छ । त्यस्तै काेराेना संक्रमणबाट थप दुइ जनाकाे ज्यान गएकाे छ । याे सँगै ज्यान गुमाउनेकाे संख्या ६० पुगेकाे छ ।




















प्रतिक्रिया