कोरोना भाइरस महामारीका कारण सिरहामा थप एक जना युवकको मृत्यु भएको छ । गए राति गोलबजार नगरपालिका वडा नम्बर १२ स्थायी घर भएका२१ वर्षीय युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
सिरहा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलका अनुसार उनी मिर्गौला रोगी भएकाले डायलासिस सेवा लिन धरान पुगेका थिए । उपचारको क्रममा उनको स्वाब परीक्षण गर्दा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उनको शव सिहरामै व्यवस्थापन गरिने भएको छ ।




















प्रतिक्रिया