Logo

प्रमुख समाचार

कोरोनाका कारण पाटन अस्पतालमा उचारार्थ ४५ वर्षीय पुरुषको ज्यान गयो



कोरोना भाइरस संक्रमणका कारण पाटन अस्पतालमा उपचारार्थ एक पुरुषको ज्यान गएको छ । विहिबार राति पाटन अस्पतााल लतिपुरमा उपचारका क्रममा वीरगन्ज निवासी ४५ वर्षीय पुरुषको ज्यान गएको हो ।

अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माका अनुसार उनलाई स्टार अस्पतालबाट रिफर गरिएको थियो। मृतक पुरूषमा मधुमेह र रक्तचापको समस्या रहेको डा. शर्माले बताए।

स्टार अस्पतालमै हुँदा उनलाई कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि अस्पतालले त्यहाँबाट पाटन रिफर गरेको हो।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार ११:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।