विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २२,६७८ पुगेको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गाैतमले जनाकारी दिए ।
त्यस्तै शुक्रबार थप ४२५ जना संक्रमितले कोरोना जितेका छन् । यो सँगै कोरोना जितेर घर फर्किनेको संख्या १५,८१४ जना पुगेको स्वास्थ्यल मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोना कारण ५ जनाको निधन भएको छ । यो सँगै कोरोनाका कारण निधन हुनेको संख्या ७० पुगेको छ ।




















प्रतिक्रिया