एभरेष्ट बैंकले बुढानिलकण्ठमा नयाँ शाखा संचालनमा ल्याएको छ । यो सँगै बैंकको १०५ शाखा पुगेको छ ।
बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा. सन्धिरकुमार र बुढानिलकण्ठ नगरपालिका वडा नं ३ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले संयुक्त रुपमा शाखाको उद्घाटन गरे ।
कार्यक्रममा चेम्बरका दीपककाजी तुलाधर, एभरेष्ट बैंकका वाग्मती प्रदेशका प्रादेशिक प्रवन्धक सन्तोष भट्टराई, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती उपस्थित थिए ।
कार्यक्रममा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत कुमारले अत्याधुनिक तथा गुणस्तरीय सेवा दिने प्रतिवद्धता व्यक्त गरे ।
स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइमा परेको यस बैंकमा हालसम्म करीब १२ लाख ग्राहकहरु रहेका छन् । बैंकले देशैभरिका शाखा र प्रादेशिक कार्यालयमार्फत अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । बैंकको १३७ एटीएम बुथ रहेको छ ।





















प्रतिक्रिया