Logo

अर्थ

मेगा बैंकका ग्राहकलाई ओम अस्पतालमा उपचार गर्दा १० प्रतिशत छुट



मेगा बैंक नेपाल र ओम अस्पताल एण्ड रिसर्च सेन्टरबीच स्वास्थ्य उपचारसम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार मेगा बैंकका ग्राहकलाई ओम अस्पतालले स्वास्थ्य उपचारमा १०.५ प्रतिशत छुट दिने प्रवन्ध गरेको छ ।

बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले ओम अस्पतालमा कुल बिलको १०.५० प्रतिशतसम्म छुट पाउनेछन् । यसैगरी, मेगा बैंकका ग्राहकहरुलाई प्राथमिकता दिँदै अस्पतालले उपचारमा ‘फास्ट ट्रयाक मेडिकल सर्भिस’ प्रदान गर्नेछ ।

बैंकले यसअघि देखि नै ग्राहकहरुलाई लक्षित गर्दै काठमाडौंलगायत देशका विभिन्न अस्पतालहरुमा स्वास्थ्य उपचारका निम्ति विशेष छुट दिलाउन सम्झौता गर्दै आएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आईतवार १४:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।