आज देशभर २४ घण्टामा १३८८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार २९७ जनाको परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन् भने २४ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट जम्मा १० हजार ७१४ जनाको मृत्यु भैसकेको छ।
२४ घण्टाभित्र जम्मा २ हजार २६० जना कोरोनाबाट निको भएका छन्। त्यस्तै हाल देशभर ३५ हजार ७९६ संक्रमित रहेको स्वस्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो समयमा जम्मा ६२५ जना कोरोनाका बिरामी सघन कक्षमा उपचाररत छन् जसमध्य १६७ जना संक्रमितको भेन्टिलेटरमा राखी उपचार भइरहेको मन्त्रालयले जनाएको छ।




















प्रतिक्रिया