Logo

अर्थ

समयमै साधारण सभा नगर्ने बीमा कम्पनीलाई कारवाही गर्ने नेप्सेको चेतावनी



समयमै वार्षिक साधारण सभा गर्न नसक्ने बीम कम्पनीहरूलाई नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले कारवाही गर्ने चेतावनी दिएको छ । समयमै आफ्नो वार्षिक साधारण सभा नगर्ने, वित्तीय अनुशासन र पारदर्शीता कायम नगर्ने कुनै पनि कम्पनीलाई ‘क’ वर्गमा नराखिने (नेप्से) चतावनी दिएको हो ।

कानुनी प्रावधान अनुसार समयमै सधारण सभा नगर्ने बीमा कम्पनीहरुको लाइसेन्स नवीकरण नै नहुने व्यवस्था छ । हालसम्म १९ वटा जीवन बीमा र ३ निर्जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०७६–७७ को बार्षिक साधारण सभा गरेका छैनन् । बीमा समितिको भाषामा उनिहरुले अटेर गर्दै आएका छन् ।

अहिले तोकिएको समयभित्रै कुनै पनि जीवन बीमा कम्पनीले साधारण सभा सम्पन्न गर्न सकेका छैनन् । यसको मतलब कानुनी व्यवस्था अनुसार सबै जीवन बीमा कम्पनीहरूको लाइसेन्स फेल हुने अवस्था छ ।

नेप्सेका प्रवक्ता मुराहरि पराजूलीकाले समयमै वार्षिक साधारण सभा नगर्ने, वित्तीय अनुशासन र पारदर्शीता कायम नगर्ने कुनै पनि कम्पनी ‘क’ वर्ग ‘ए’ क्लासमा नरहने बताएका छन् । उनले भने– ‘कम्पनीका आफ्ना केही समस्या पनि हुनसक्लान, तर हामीले हेर्ने भनेको उनीहरूले पब्लिक कम्पनीको रुपमा गर्नुपर्ने काम गरेको छ छैन ? विवरणहरू बुझाएको छ छैन ? भनि हेर्ने हो ।’ पराजुलीले साधारण सभा नभएपनि सेयर कारोबार नरोकिने जानकारी दिए ।

तोकिएको समयमा वार्षिक साधारण सभा नगर्ने कम्पनीलाई बीमा समितिले १० हजार रूपियाँसम्म जरिवाना गर्नसक्ने कानुनी व्यवस्था छ । तर बीमा समितिले कानुनी र व्यवहारीक पाटो फरक भएकाले १÷२ कम्पनीको मात्र नभई सबै कम्पनीले साधारण सभा गर्न नसक्नुमा केही विशेष समस्या रहेको हुनसक्ने तर्क गरेको छ ।

नेपालमा वित्तीय विवरण तयार गर्न एक्चुरीको काम गर्ने संस्था नभएका कारण बीमा कम्पनीहरुलाई बार्षिक साधारण सभा गर्न कठिनाई भइरहेको एक बीमा कम्नीका सिईओले बताए । उनका अनुसार साधारण सभा गर्नुअघि आफ्नो वित्तीय विवरण बीमा समितिमा स्वीकृत गराउनुपर्ने व्यवस्था छ

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार ११:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।