निरन्तर संक्रमणमुक्त हुनेको संख्या बढ्ने र संक्रमितको संख्या घट्ने भई रहेकोमा पछिल्लो २४ घण्टामा भने संक्रमितको संख्यामा वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा थप २००४ जनालाई कोरोना भाइरस संक्रमण हुदा संक्रमणमुक्त हुनेको संख्या १८४६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५८ पीसीआर परीक्षणमा १६१९ जना र ३ हजार ९९२ एन्टिजेन परीक्षणमा ३८५ जना गरी २००४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ ।




















प्रतिक्रिया