चालु आर्थिक बर्षको पहिलो महिना अर्थात साउन महिनामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले झण्डै पौने पाँच अर्ब कूल बीमा शुल्क आम्दानी गरेको छ । कम्पनीले साउन महिनामा ४ अर्ब १८ करोड नविकरण बीमा शुल्क र ५८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गरेको छ ।
बीमा शुल्क आम्दानीमा अधिपत्य कायम राख्दै कूल १३ अर्ब ७८ करोड प्रथम बीमा शुल्क मध्ये नेपाल लाइफले मात्रै झण्डै सवा ४ अर्ब रुपैयाँ आम्दानी गरेको छ ।
त्यस्तै दोस्रो स्थानमा राष्ट्रिय बीमा संस्थानले कूल ३ अर्ब ७३ करोड बीमा शुल्क आम्दानी गरेको छ । सो मध्ये तीन अर्ब ६८ करोड रुपैयाँ नविकरण बीमा शुल्क र पाँच करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको हो । संस्थान नेपाल लाइफको पछिपछि लागेको देखिन्छ ।
त्यस्तै तेस्रो स्थानमा रहेको नेशनल लाइफले एक अर्ब आठ करोड रुपैयाँ नविकरण बीमा शुल्क र २५ करोड रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गरेको छ । चौथो स्थानमा पुगेको एलआईसी नेपालले ९२ करोड नविकरण शुल्क र आठ करोड प्रथम बीमा शुल्क संकलन गरेको छ । त्यस्तै युनियन लाइफले ५७ करोड रुपैयाँ नविकरण शुल्क र १९ करोड रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गरेको छ ।
एशियन लाइफले १३ करोड रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गर्दा ५० करोड रुपैयाँ नविकरण बीमा शुल्क आम्दानी सहित कूल ६३ करोड रुपैयाँ बीमा शुल्क आम्दानी गरेको छ ।
सूर्या लाईफ इन्स्योरेन्स प्रथम बीमा शुल्क बापत ११ करोड रुपैयाँ संकलन गर्दा ४१ करोड रुपैयाँ नविकरण बीमा शुल्क आम्दानी गरेको छ भने मेट लाईफले १३ करोड प्रथम बीमा शुल्क आम्दानी गर्दा ३६ करोड रुपैयाँ नविकरण शुल्क आम्दानी गरेको छ । सिटिजन लाइफले २६ करोड रुपैयाँ नविकरण बीमा शुल्क आम्दानी गर्दा १८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गरेको छ । पुरानो कम्पनी प्राईम लाइफ र गुराँस लाइफले समान रुपमा पाँच करोड प्रथम बीमा शुल्क संकलन गरी ३५ करोड रुपैयाँ नविकरण बीमा शुल्क आम्दानी गरेका छन् ।
त्यस्तै आईएमई लाइफले २० करोड रुपैयाँ नविकरण बीमा शुल्क र १४ करोड प्रथम बीमा शुल्क सहित कूल ३४ करोड रुपैयाँ संकलन गरेका छन् । ज्योति लाईफले २२ करोड रुपैयाँ नविकरण शुल्क सहित ३३ करोड कूल बीमा शुल्क संकलन गरेका छन् भने रिलायबल नेपाल लाइफले ३० करोड रुपैयाँ, सन नेपाल लाइफले २९ करोड रुपैयाँ, रिलायन्स लाइफले २८ करोड रुपैयाँ, सानिमा लाइफले १४ करोड र महालक्ष्मी लाइफले १२ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेका छन् ।





















प्रतिक्रिया