राष्ट्रिय स्तरको विकास बैंकहरुमा अग्रणि मानिएको कामना सेवा विकास बैंकले सोल्टी होटलसँग व्यवसायिक सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकले सोल्टी होटलमा सेवा लिएबापत १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
मंगलबार बैंक र होटलबीच छुटसम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
बैंकका कर्मचारी तथा ग्राहकलाई काठमाडौंको ताहचलस्थित सोल्टी होटलका साथै नेपालगञ्जमा रहेको सोल्टी वेस्टर्न प्रिमियर होटलमा पनि छुट प्राप्त हुनेछ ।
हाल बैंकका मुलुकभर १२९ वटा शाखा रहेका छन् भने एउटा एक्सटेन्सन काउन्टर र ७५ वटा एटीएम बुथ सञ्चालनमा छन् ।





















प्रतिक्रिया