प्रभु बैंक लिमिटेडले क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धमा गरिएको प्रारम्भिक सम्झौता अनुमोदन गरेको छ ।
बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले फाइनान्सलाई प्राप्ति गर्ने प्रारम्भिक सम्झौता अनुमोदन गर्ने निर्णय गरेको हो ।
बैठकले बैंकको मर्जररएक्विजिसन (प्राप्ति) समितिको सिफारिसबमोजिम नेपाल राष्ट्र बैंकबाट ग वर्गको वित्तीय कारोबार गर्ने इजाजत प्राप्त फाइनान्सलाई प्राप्ति गर्ने प्रारम्भिक सम्झौता अनुमोदन गरिएको प्रभु बैंकले जनाएको छ ।
फाइनान्स मुख्य कार्यालय काठमाडौंको बत्तीसपुतलीमा रहेको छ ।





















प्रतिक्रिया