Logo

समाचार

कोरोना संक्रमित बढे संगै निको हुनेको संख्या पनि थपिदै



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमण हुने संख्या बढिरहेको छ ं। पछिल्लो २४ घण्टामा १७५६ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । सोही समयमा २२७४ जना भने संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको २४ घण्टामा २३ जनाको मृत्यु भएको जानकारी दिनु भ्रएको छ । यससँगै मुलुकभर कोरोनाबाट मृत्यु हुनेको कुल जनसंख्या १० हजार ८०९ पुगेको छ ।

हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर परीक्षणबाट ७ लाख ६७ हजार २७१ र एन्टिजेन विधिबाट ८४ हजार ६९३ जना पुष्टि भएको छ। संक्रमित मध्ये अहिले सम्म ७ लाख २३ हजार ४५६ जना निको भएका छन् । हाल देशभर ३३ हजार ६ जना सक्रिय संक्रमित भएका छन् भने निको हुने दर ९४।३ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार १६:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।