Logo

अर्थ

नबिल बैंकले सुरु गर्यो ‘नबिल डिजी वर्कस्पेस’



नबिल बैंकले कर्मचारीको लागि ‘नबिल डिजी वर्कस्पेस’मार्फत काम गर्न सक्ने विद्युतीय प्रणालिको सुरुवात गरेको छ । । बैंकले कर्मचारीको दक्षता स्तरोन्नति गर्नका लागि यूएफजीएफ ‘नबिल डिजी वर्कस्पेस’ ल्याएको हो ।

यसले हाल चलनमा रहेको इन्ट्रानेटलाई विस्थापित गर्ने बैंकले जनाएको छ । बैंकका कर्मचारीले आफूले गर्नुपर्ने दैनिक कामकाज नबिल डिजी वर्कस्पेसमा गएर इन्ट्री गर्ने र विद्युतीय प्रणालिबाट कामको प्रक्रिया अगाडि बढ्नेछ ।

‘नबिल डिजी वर्कस्पेस’ को उद्घाटन गर्दै बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले अब कागजविहीन काम गर्ने वातावरण बन्दै गएको बताए । त्यस्तै कार्यक्रममा निमित्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले नबिल डिजी वर्कस्पेसमा आएको काम स्वीकृत गरेका छन् ।

नबिल डिजी वर्कस्पेसमा कर्मचारीहरुले आफूले दैनिक गर्नु पर्ने काम कहाँ छन्, को सँग छ भन्ने जानकारी सहजै एक क्लिकबाट भेट्नेछन । यसो गर्दा कम समयमा काम सम्पन्न हुने र ग्राहकलाई छिटो, छरितो सेवा प्रदान हुने बैंक विश्वास लिएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार १५:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।