Logo

बैंकिङ

महालक्ष्मी विकास बैंक र विद्युत प्राधिकरणबीच सम्झौता



महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहक तथा सर्वसाधारण जनताहरुलाई विद्युत महशुल बुझाउन सहजिकरण गर्ने उद्देश्यले नेपाल विद्युत प्रधिकरणसँग विद्युत महसुल संकलन सम्बन्धि सम्झौता गरेको छ ।

सम्झौता पत्रमा नेपाल विद्युत प्राधिकरणका तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले र महालक्ष्मी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरे ।

उक्त सम्झौताअनुसार बैंकका ग्राहक वाजो कोहिले पनि आफुले खपत गरेको विद्युतको महशुल बैंकको मोवाइल बैंकिङ मार्फत वा बैंकको काउन्टरमा नै उपस्थितभई भुक्तानी गर्न सक्नेछन् ।

सम्झौताअनुसार सेवाग्राहीले मासिक ५०० प्रतिशत रुपैया सम्मको विद्युत महशुल भुक्तानी गर्दा कुनै पनि सेवा शुल्क तिनु पर्दैन भने रु. ५०१ भन्दामाथी ५ लाख सम्मको महशुल भुक्तानीमा पाँच रुपैयाँमात्र सेवा शुल्क भुक्तानी गर्नुपर्नेछ ।

महालक्ष्मी बिकास बैंक र नेपाल विद्युत प्रधिकरणबीच भएको यस प्रकारको विद्युत महसुल संकलन सम्बन्धि सम्झौताले सर्वसाधारणलाई बिना झन्झट विद्युत महसुल भुक्तानीमा सहयोग हुने बैंकले विश्वास लिएको छ । महालक्ष्मी विकास बैंकले देशका बिभिन्न स्थानमा रहेका १०३ वटा शाखाहरुबाट बंैकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार १८:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।