पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय ७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । निको हुनेको संख्या २ हजार ७२ जनामा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७२ हजार १८२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८५ हजार ७१३ जना पुगेको छ । ती संक्रमितमध्ये ७ लाख ३१ हजार जना निको भएका छन् ।
पछिल्लो २४ घण्टामा २१ जनाको कोरोनाबाट मृत्यु हुँदा मृतकको कुल संख्या आजसम्म १० हजार ८७९ पुगेको छ ।
हाल मुलुकभर ३० हजार ३०३ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये १५४ जना भेन्टिलेटरमा रहेका छन् भने ५१४ जना आईसीयूमा रहेका छन् ।




















प्रतिक्रिया