Logo

अटो

आइएमई अटोमोटिभ्सलाई बेस्ट पर्फमिङ व्यापार अवार्ड



एस्कर्टस लिमिटेड इन्डियाले आइएमई अटोमोटिभ्सलाई बेस्ट पर्फमिङ व्यापार अवार्ड प्रादान गरेको छ । हालै इन्डियामा आयोजित एक विशेष कार्यक्रमबीच एस्कर्टसका प्रमुख कार्यकारी अधिकृत अजय मन्दाहरले विश्वभरिका एस्कर्टस डिरलशीपमध्ये आइएमई अटोमोटिभ्स नेपाललाई बेस्ट पर्फमिङ बिजनेश पार्टनरका रुपमा सम्मानित गरिएको बताए ।

अघिलो वर्षमा आइएमईले गरेको मार्केट सेयरको वृद्धि, उत्कृष्ट ग्राहक सन्तुष्ट र एस्कर्टस ब्राण्डलाई नेपालमा स्थापित गर्न ठूलो भूमिका खेलेको भन्दै आइएमई अटोमोटिभ्सले यो अवार्ड प्राप्त गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताए ।

पुरानिकका अनुसार आइएमई अटोमोटिभ्स हेभि इक्युपमेन्ट सेग्मेन्ट नेपालमा धेरै कारोबार गर्ने वितरकको रुपमा रहेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार १५:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।