Logo

राजनीति

चिकित्सा शिक्षा आयोगको लापरवाहि भन्दै नेविसंघले बुझायो ज्ञापनपत्र 



नेपाल बिधार्थी संघ प्राबिधिक बिधार्थी परिषदले चिकित्सा शिक्षा आयोगकाबो लापरवाहि र गैरजिम्मेवारि बिरुद्ध खवरदारि भन्दै आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गरिरिलाई ७ बुदे ज्ञापन पत्र बुझाएको छ ।

नेपाल बिधार्थी प्राविधिक बिधार्थी परिषदका अध्यक्ष भुवन भट्टको नेतृत्वमा संघका नेताहरुले चिकित्सा शिक्षा आयोगको कार्यालयमा सानोठिमा पुगेर  ज्ञापन पत्र बुझाएका हुन ।

 प्राविधिक बिधार्थी परपषदका अध्यक्ष ई।भुवन भट्ट द्वारा हस्ताक्षर गरिएको ज्ञापन पत्रमा स्नातकतहको स्वास्थ्य क्षेत्रका विभिन्न कार्यक्रमको भर्नाका लागी प्रवेश परिक्षा फारम सार्बजनिक गरि तत्काल भर्ना प्रक्रिया सुचारु गरिनुपर्ने, स्नातकतहका स्वास्थ्य क्षेत्रका विभिन्न कार्यक्रममा शैक्षिक शुल्क एकरुपता कायम गर्न, चिकित्सा शिक्षा आयोगको लापरबाहीका कारण अहिलेसम्म भर्ना सुचारु नगरेर चिन, भारत जस्ता अन्य छिमेकी मुलुकमा बिद्यार्थी पठाउने खेल बन्द गर्न, सम्पूर्ण कलेजहरुमा नेपाल सरकारको नियम र बिश्वबिद्धालयले प्रदान गर्दै आइरहेको छात्रवृत्ति सङ्ख्याका बारेमा अध्ययन गरि छात्रवृत्ति संख्या थप गर्न, संघीयता र अर्थात बिकेन्द्रीकरणको मर्मलाई आत्मसात गर्दै चिकित्सा शिक्षा आयोगका कमिकमजोरि र अन्योलतालाई रोक्दै आवश्यक अभिकार  बिश्वबिद्धालय र कलेजहरुलाई दिदै अधिकार सम्पन्न बनाइनुपर्ने, शैक्षिक क्यालेन्डर निर्माण गर्दै त्यहि अनुसार बिद्यार्थीका शैक्षिक गतिविधि संचालन गरिनुपर्ने, मेडिकल शिक्षाको पहुँच दुर्गम क्षेत्रमा बिस्तार गरियोस् र चिकित्सा शिक्षा आयोग कसैको दवावमा नरहेर कुनैपनि नाजायज मिलेमतोमा दिईने सम्पुर्ण सम्बन्धनलाई तत्काल बन्द गरिनुपर्ने मागहरु राखिएका छन् ।

Nebisang_News1.jpg

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आईतवार १८:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।