बितेको २४ घण्टामा देशभर १५६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको कुल संख्या देशका विभिन्न प्रयोगशालामा पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७९ हजार ४९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८७ हजार ४१३ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १५८९ जना संक्रमणमुक्त भएका छन् । बितेको २४ घण्टामा १९ जना थप कोरोना संक्रमितको मृत्यु भएको छ। निको हुने दर ९५।२ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ । ।




















प्रतिक्रिया