Logo

प्रमुख समाचार

उपत्यकामा ४० प्रतिशतले लगाए कोरोना विरुद्धको दुवै डोज खोप



काठमाडौं उपत्यकामा ४० प्रतिशत जनताले कोरोना विरुद्धको दुवै डोज खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असोज ४ गतेसम्मको तथ्याँकका आधारमा उपत्यकामा रहेका ३ वटा जिल्ला मध्ये काठमाडौं उपत्यकामा ४१ प्रतिशत, भक्तपुरमा ४१ प्रतिशत र ललितपुरमा ३८ प्रतिशतले कोरोना विरुद्धको दुवै डोजको खोप लगाइ सकेका छन् ।

सरकारले असोज अन्तिम सम्ममा खोप लगाउन योग्य ३३ प्रतिशतलाई दुवै डोज खोप लगाउने लक्ष्य राखेर खोप अभियानलाई अघि बढाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले चैत अन्तिम सम्म खोप लगाउन योग्य सबै नागरिकलाई दुवै डोज खोप लगाउने प्रक्रिया अघि बढाउन निर्देशन दिई सकेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार १४:५५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।