नेपालमा १,४७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३,९३० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १,०५१ र एन्टिजेन विधिबाट २२७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ६३० जना कोरोना निको भएका छन् । कोरोना बाट ६ जनाको निधन भएको छ ।
नेपालमा सक्रिय संक्रमितको कुल संख्या २१,१३९ जना रहेका छन् भने १९,८०५ जना होम आइसोलेसनमा, १,३३४ जना संस्थागत आइसोलेसनमा, ३३४ जना आईसीयूमा र ११९ जना भेन्टिलेटरमा रहेका छन् ।




















प्रतिक्रिया