Logo

समाचार

१ हजार १५८ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा १ हजार १ सय ५८ जनामा कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार ६ सय ७२ जनाको पीसीआर परीक्षणमा ९०४ र २ हजार ३ सय ३१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ सय ५४ जनामा कोरोना पुष्टि भएको छ ।

वितेको २४ घण्टामा कोरोना संक्रमित १२ जनाले ज्यान गुमाएका छन् भने मुलुकका विभिन्न अस्पतालबाट १ हजार ३ सय १८ जना कोरोना निको भएको मन्त्रालयले बताएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलवार १७:०७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।