Logo

सुरक्षा/अपराध

नवलपरासीबाट ठूलो परिमाणका पटाका बरामद



नवलपरासी(पूर्व) विनयी त्रिवेणी गाउँपालिका-१ दुम्कीबास बजारबाट बुलेट बम पटाका १ हजार ५ सय पिस र सानोखाले नागिन पटाका ९ हजार ८ सय पिस बुधबार साँझ प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय नयाँबेलहनीबाट खटिएको प्रहरीले लु.१ ख ९८०८ नम्बरको बसमा बेवारिसे अवस्थामा रहेको उक्त पटाका फेला पारी बरामद गरेको जानकारी दिए ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार १७:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।