काठमाडौं । गायिका तथा ‘द भ्वाइस किड्स’की कोच प्रविशा अधिकारीले गृह जिल्ला झापामा प्रेमी निर्माण सिटौलासँग बिहे गर्दैछिन् । उनले झापामै गएर निर्माणसँग इन्गेजमेन्ट गरेकी हुन् ।
झापाको चारपाने घर भएका निर्माण लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । निर्माणसँग इन्गेजमेन्टका लागि झापा पुगेकी प्रविशाले यही मंसिर ५ गते विवाह गर्दैछिन् । यो जोडीले आफ्ना परिवार र आफन्तमाझ विवाह गर्दैछन् ।
नेपाली सुगम संगीतसँगै पार्श्व संगीतमा गायिका प्रविशा नाम चलेकी गायिका हुन् ।


















प्रतिक्रिया