Logo

समाचार

शनिबार थप ३ जनाकाे मृत्यु,२१३ नयाँ संक्रमित



नेपालमा आज थप ३ जनाकाे कोरोना संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तथ्याकं अनुसार

मुलुकभरका विभिन्न प्रयाेगशालामा ६ हजार ६६३२ जनाको नमूना परीक्षण गर्दा २ सय १३ जना संक्रमित थप भएका हुन् ।

मन्त्रालयका अनुसार ४९०७ जनाको पीसीआर परीक्षण गदा १९७ जना र १७२५ जनाको एन्टिजेन परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण देखिएको थियो।

त्यस्तै वितेकाे २४ घन्टामा ३ सय २५ जना संक्रमित कोरोनामुक्त भएका छन् भने एकैदिन ३ जना संक्रमिले ज्यान गुमाएका छन् ।

नेपालमा हाल ७ हजार १ सय ५६ जना सक्रिय संक्रमित रहेका छन् भने १ लाख १५ हजार ४ सय ३४ जनाले काेराेना विरुद्धकाे खाेप लगाएका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार १७:०३   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।