नेपालमा आज थप २ जनाकाे कोरोना संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तथ्याकं अनुसार
मुलुकभरका विभिन्न प्रयाेगशालामा ८ हजार ९ सय १८ जनाको नमूना परीक्षण गर्दा १ सय ५८ जना संक्रमित थप भएका हुन् ।
मन्त्रालयका अनुसार ६ हजार ६ सय ४ जनाको पीसीआर परीक्षण गदा १५४ जना र २ हजार ३ सय १४ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण देखिएको थियो।
त्यस्तै वितेकाे २४ घन्टामा ३ सय ४२ जना संक्रमित कोरोनामुक्त भएका छन् भने एकैदिन २ जना संक्रमिले ज्यान गुमाएका छन् ।
नेपालमा हाल ६ हजार ९ सय ६६ जना सक्रिय संक्रमित रहेका छन् भने १ लाख २७ हजार ६ सय ११ जनाले काेराेना विरुद्धकाे खाेप लगाएका छन् ।





















प्रतिक्रिया