नेपालमा आज थप ३ जनाकाे कोरोना संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तथ्याकं अनुसार
मुलुकभरका विभिन्न प्रयाेगशालामा १२ हजार ७ सय २७ जनाको नमूना परीक्षण गर्दा ३ सय १६ जना संक्रमित थप भएका हुन् ।
मन्त्रालयका अनुसार १० हजार ९ सय १९ जनाको पीसीआर परीक्षण गदा २ सय ८५ जना र १ हजार ८ सय ८ एन्टिजेन परीक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण देखिएको थियो।
त्यस्तै वितेकाे २४ घन्टामा २ सय ५९ जना संक्रमित कोरोनामुक्त भएका छन् भने एकैदिन ३ जना संक्रमिले ज्यान गुमाएका छन् ।
नेपालमा हाल ६ हजार ९ सय ५४ जना सक्रिय संक्रमित रहेका छन् भने २ लाख २७ हजार ५ सय ८४ जनाले काेराेना विरुद्धकाे खाेप लगाएका छन् ।





















प्रतिक्रिया