Logo

समाचार

आज मृत्यु संख्या शून्य,२४६ जनामा काेराेना संक्रमण



नेपालमा वितेकाे २४ घण्टामा मृत्यु संख्या शून्य रहेकाे छ भने २४६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तथ्याकं अनुसार मुलुकभरका विभिन्न प्रयाेगशालामा ७ हजार ८ सय ३६ जनाको नमूना परीक्षण गर्दा २ सय ४६ जना संक्रमित थप भएका हुन् ।

मन्त्रालयका अनुसार ६ हजार ४ सय जनाको पीसीआर परीक्षण गदा २ सय २३ जना र १ हजार ४ सय ४६ एन्टिजेन परीक्षण गर्दा २३ जनामा कोरोना संक्रमण देखिएको थियो।

त्यस्तै पछिल्लाे २४ घन्टामा ३ सय ४७ जना संक्रमित कोरोनामुक्त भएका छन् भने आज ज्यान गुमाउनेकाे संख्या शून्य रहेकाे छ ।

नेपालमा हाल ६ हजार ९ सय २१ जना सक्रिय संक्रमित रहेका छन् भने १ लाख ७५ हजार ५ सय ६७ जनाले काेराेना विरुद्धकाे खाेप लगाएका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार १६:५४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।