Logo

समाचार

थप २८० जनामा काेराेना संक्रमण,२ काे मृत्यु



नेपालमा आज वितेकाे २४ घण्टामा २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तथ्याकं अनुसार

मुलुकभरका विभिन्न प्रयाेगशालामा १२ हजार १ सय ७४ जनाको नमूना परीक्षण गर्दा २ सय ८० जना संक्रमित थप भएका जनाएकाे छ ।

मन्त्रालयका अनुसार ९ हजार १ सय ६८ जनाको पीसीआर परीक्षण गदा २ सय ५५ र ३ हजार ६ जनाकाे एन्टिजेन परीक्षण गर्दा २५ जनामा कोरोना संक्रमण देखिएको थियो।

त्यस्तै वितेकाे २४ घन्टामा ३ सय ६६ जना संक्रमित कोरोनामुक्त भएका छन् भने २ जनाकाे संक्रमणबाट मृत्यु भएकाे छ ।

नेपालमा हाल ६ हजार २ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् । काेराेना विरुद्धकाे खाेप २ लाख ८३ हजार १ सय ३२ जनाले लगाएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार १७:०२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।