Logo

समाचार

ओखलढुंगामा एचआईभी एड्स परीक्षणकाे दायरा बढाइँदै



एड्सबारेकाे भ्रमका कारण बिरामी खुलेर उपचारका लागि स्वास्थ्य संस्थामा नआउने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

जिल्लामा १४ जना संक्रमितले उपचार सेवा लिइरहेकाे स्वास्थ्य कार्यालयका सुचना अधिकारी पुष्पराज पन्तले बताए । सरकारले एड्स राेगीकाे नि:शुल्क उपचार गर्दै आएकाे छ । 

पहिचान खुल्ने र समाजबाट तिरस्कृत हुने डरले बिरामी खुल्न नचाहेकाले सचेतना समुदायलाई नै आवश्यक रहेकाे पन्तकाे भनाइ छ । जिल्ला अस्पतालमा मात्र परीक्षण तथा उपचार सेवा रहेकाेमा अब दायरा बढाएर पालिका तहमा पुर्‍याउने लक्ष्य छ । पालिकाबाटै सचेताना अभियान र परीक्षण तथा उपचार सेवा दिने हाे भने संक्रमण नियन्त्रण हुने अपेक्षा गरिएकाे स्वास्थ्य कार्यालयका प्रमुख अहमद मन्सुरीले जानकारी दिए । 

संक्रमित भएर ओखलढुुंगाका सरकारी स्वास्थ्य संस्थाबाट सेवा  लिइरहेका मध्ये १० जना ओखलढुंगा, एक जना खाेटाङ र तीन जना साेलुखुम्बुका रहेकाे बताइएकाे छ । संक्रमणदर न्यून रहे पनि थप नियन्त्रण गर्दै परिवार तथा समुदायलाई सुरक्षित राख्न पालिका तहबाट परिक्षण तथा उपचार गर्न छुट्टै युनिट व्यवस्थापन गरिने मन्सुरीकाे भनाइ छ । 

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार १६:१८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।