नेपालमा आज वितेकाे २४ घण्टामा २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तथ्याकं अनुसार
मुलुकभरका विभिन्न प्रयाेगशालामा ९ हजार ४ सय ५१ जनाको नमूना परीक्षण गर्दा २ सय ११ जना संक्रमित थप भएकाे जनाएकाे छ ।
मन्त्रालयका अनुसार ८ हजार १८ जनाको पीसीआर परीक्षण गदा १ सय ९७ र १ हजार ४ सय ३३ जनाकाे एन्टिजेन परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण देखिएको थियो।
त्यस्तै वितेकाे २४ घन्टामा ३ सय २९ जना संक्रमित कोरोनामुक्त भएका छन् भने २ जनाकाे संक्रमणबाट मृत्यु भएकाे छ ।
नेपालमा हाल ६ हजार १ सय ५ जना सक्रिय संक्रमित रहेका छन् । काेराेना विरुद्धकाे खाेप ३ लाख ३७ हजार १ सय ७२ जनाले लगाएका छन् ।





















प्रतिक्रिया