Logo

बैंकिङ

मुक्तिनाथ रेमिट अब अष्ट्रलियाबाट पनि



मुक्तिनाथ रेमिटले आफ्नो सेवा अब अष्ट्रेलियाबाट पनि सञ्चालन गरेको छ । अब देखि अष्ट्रेलियामा रहेका नेपालीहरुले मुक्तिनाथ रेमिट अष्ट्रेलियाको कार्यालयबाट सहजै पैसा पठाउँन सक्ने भएका छन् ।

बैंकका अनुसार मुक्तिनाथ रेमिट अष्ट्रेलियाको वेवसाइटमा गई लगइन गरी मोवाइल एप्सबाट नेपालमा रहेका कुनै पनि बैंकको खातामा रकम पठाउन सकिने छ ।

साथै मुक्तिनाथ रेमिट मार्फत पठाएको पैसा नेपालमा रहेका मुक्तिनाथ रेमिटका ४ हजारभन्दा बढी एजेन्ट मार्फत पनि प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आईतवार १६:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।