नेपालमा आज वितेको २४ घण्टामा १ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकं अनुसार
मुलुकभरका विभिन्न प्रयोगशालामा ११ हजार १८ जनाको नमूना परीक्षण गर्दा १ सय ८४ जना संक्रमित थप भएको जनाएको छ ।
मन्त्रालयका अनुसार ७ हजार २ सय ३० जनाको पीसीआर परीक्षण गदा १ सय ६० र ३ हजार ७ सय ८८ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण देखिएको थियो।
त्यस्तै वितेको २४ घन्टामा २ सय ६७ जना संक्रमित कोरोनामुक्त भएका छन् भने २ जनाको संक्रमणबाट मृत्यु भएको छ ।
नेपालमा हाल ५ हजार ५ सय २६ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना विरुद्धको खोप २ लाख ४० हजार ५ सय ६४ जनाले लगाएका छन् ।





















प्रतिक्रिया