मुम्बईमा शुक्रबार ९ हजार २ सय २ जना कोरोना संक्रमित थपिएसँगै त्यहाँ कोरोना भाइरस संक्रमितको संख्या ५ लाख नाघेको हो ।
पछिल्लो समय ३ लाख संक्रमितबाट ४ लाख संक्रमित पुग्न ७५ दिन लागेको थियो तर ४ लाख संक्रमितबाट ५ लाख पुग्न भने जम्मा ११ दिन मात्र लगेको भारतीय संचार माध्यमले बताएको छ ।
दोस्रो लहरको कारोना भाइरस महाराष्ट्रमा व्यापक देखिएको छ । शुक्रबार मात्र महाराष्ट्रमा ५८ हजार ९ सय ९३ संक्रमित थपिएका थिए । हाल महाराष्ट्रमा मात्र ३२ लाख भन्दा धेरै संक्रमित रहेका छन् ।
महाराष्ट्रमा लगातार ३ दिनदेखि ३ सय भन्दा धेरैको कोरोना संक्रमणका कारण मृत्यु भइरहेको छ ।




















प्रतिक्रिया