Logo

समाचार

नेपालमा आज २७४ जनामा कोरोना संक्रमण,३ को मृत्यु



नेपालमा आज वितेको २४ घण्टामा २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकं अनुसार

मुलुकभरका विभिन्न प्रयोगशालामा ९ हजार १६ जनाको नमूना परीक्षण गर्दा २ सय ७४ जना संक्रमित थप भएको जनाएको छ ।

मन्त्रालयका अनुसार ७ हजार ६ सय ९१ जनाको पीसीआर परीक्षण गदा २ सय ६९ र १ हजार ३ सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण देखिएको थियो।

त्यस्तै वितेको २४ घन्टामा २ सय ७० जना संक्रमित कोरोनामुक्त भएका छन् भने ३ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

नेपालमा हाल ५ हजार ५ सय २२ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना विरुद्धको खोप २ लाख ६५ हजार २२ जनाले लगाएका छन्।

प्रकाशित मिति : २ पुष २०७८, शुक्रबार १६:५३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।