Logo

धर्म / संस्कृति

अस्मीता भण्डारीमाथि विश्व हिन्दु महासंघको कारवाही, महासचिवबाट निस्कासित



विश्व हिन्दु महासंघ अन्तराष्ट्रिय समितिकी महासचिव अस्मिता भण्डारीलाई संघले कारवाही गरेको छ । आज एक विज्ञप्ती सार्वजनिक गर्दै महासंघका कार्यवाहक अध्यक्ष चक्रबन्धु अर्यालले भण्डारीलाई पदमुक्त गरेको जानकारी दिएका छन् । उनिले यहि मंसिर २४ देखि २६ सम्म काठमाडौंमा भएको महासम्मेलनमा अध्यक्ष पदमा उम्मेदवारी दिएकी थिइन् ।

अध्यक्ष पदमा सर्वसहमती हुन नसकेपछि अध्यक्षका अर्का उम्मेदवार व्यासाचार्य किशोरकुमार गौतम पक्षले निर्वाचन वहिस्कार गरेपछि निर्वाचन समितिले निर्वाचन प्रक्रिया स्थगित गरेको थियो । त्यस लगतै भण्डारीलाई केहि विदेशी प्रतिनिधिहरुले आफुखुसी स्वघोषित अध्यक्ष घोषणा गरेका थिए ।

भण्डारीले आफुखुसी कार्यवाहक अध्यक्ष घोषणा गरेको, अर्का अध्यक्षका अम्मेदवार, निमित्त अध्यक्ष र मुख्य पदाधिकारीहरु महासंघको अधिकांस प्रतिनिधिहरु र सम्बन्धीत सरोकारवालाको समेत सहमती नलिइ महासंघको कार्यलयलाई अबैधानिक ढंगले नियन्त्रणमा लिएर अनावश्यक प्रचारवाजी गरेकोप्रति महासंघले आपत्ति जनाएको छ ।

महासंघले संस्थाको छाप, आधिकारीक कागजातहरुको समेत दुरुपयोग गरेर समाचार सम्पे्रसण गर्दै गौतमको मानमर्दन हुनेगरी अफवाह फैलाउने दुष्साहस गरेको समेत संघले विज्ञप्तीमा उल्लेख गरेको छ । भण्डारीलाई महासंघको विधान २०६३ को अनुच्छेद २० को दफा ३ र ६ बमोजिम महासचिवबाट समेत पदमुक्त गरिएको बताइएको छ ।

महासंघको बिज्ञप्ति:

प्रकाशित मिति : २ पुष २०७८, शुक्रबार १८:३९   :  बजे

3.1K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।