Logo

समाचार

नेपालमा २२० जना कोरोना संक्रमण,१ को मृत्यु



नेपालमा आज वितेको २४ घण्टामा २ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकं अनुसार

मुलुकभरका विभिन्न प्रयोगशालामा ४ हजार १ सय ४१ जनाको नमूना परीक्षण गर्दा २ सय २० जना संक्रमित थप भएको जनाएको छ ।

मन्त्रालयका अनुसार २ हजार ७ सय २५ जनाको पीसीआर परीक्षण गदा २ सय १८ र १ हजार ४ सय १६ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण देखिएको थियो।

त्यस्तै वितेको २४ घन्टामा २ सय ६३ जना संक्रमित कोरोनामुक्त भएका छन् भने १ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

नेपालमा हाल ५ हजार २ सय २५ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना विरुद्धको खोप ८६ हजार ५ सय ९३ जनाले लगाएका छन्।

प्रकाशित मिति : ५ पुष २०७८, सोमबार १६:५९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।