Logo

प्रमुख समाचार

राजनीतिक यात्राबाट अहिल्यै विश्राम लिन्न : रामचन्द्र पौडेल



काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक यात्रामा आफूले विश्राम नलिएको बताएका छन् । १४औैँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई बिहीबार बधाई दिँदै आफ्नो राजनीतिक यात्रा जारी र अविच्छिन्न अगाडि बढिरहने बताए।

‘मेरा साथीहरूले रामचन्द्रजीले अब पार्टीभित्रको चुनाव लड्नु हुँदैन, जोगिएर रहनुपर्छ भनेको हुनाले प्रतिस्पर्धाबाट नै अलग रहने निर्णयमा पुगे। त्यस निर्णयप्रति इमानदार रहन मतदानबाट अलग रहे’ पौडेलको बधाई सन्देश उल्लेख छ ।

पौडेलले राष्ट्रियता, लोकतन्त्र र समाजवादको मिसनबाट विचलित नहुने बताए । ‘युवा शक्तिलाई समेत एकताको सूत्रमा बाँधेर पार्टीमा नयाँ उत्साहको सञ्चार गराउने मेरो उद्देश्य रहेको हो’ पौडेलले भनेका छन् । ‘प्रजातान्त्रिक समाजवादको सैद्धान्तिक मार्गको अनुशरण गर्दै मैले पार्टीभित्र एकताको सन्देश दिने प्रयत्न गरेको हुँ,’ उनले भने ।

प्रकाशित मिति : ९ पुष २०७८, शुक्रबार ०७:४८   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।