Logo

खेलकुद

नेपाल आइपुगे पुबुदु



नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक पुबुदु दसानायके नेपाल आइपुगेका छन् ।

तत्कालिन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले भदौमा राजीनामा घोषणा गरेपछि रिक्त पदमा नियुक्त भएका दसानायके प्रशिक्षण सम्हाल्ने गरी मंगलबार नेपाल आइपुगेका हुन् ।

क्यानको १५ मंसिरकाे बोर्ड बैठकले मुख्य प्रशिक्षकको रुपमा पुबुदुलाई अनुमोदन गरेको थियो । 

यसअघि नेपालले पुबुदुको प्रशिक्षणमा नेपालले सन् २०११ देखि २०१५ सम्म खेलेको थियो । नेपालले डिभिजन चार र तीनको उपाधि जित्दा पुबुदुले नेपाली टोलीको प्रशिक्षण सम्हालेका थिए ।

प्रकाशित मिति : १३ पुष २०७८, मंगलवार १५:०३   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।