Logo

समाचार

कटारी तीनकुने चोकमा बुद्धको मूर्ति स्थापना



उदयपुरको कटारी नगरपालिकाले सिद्धिचरण लोकमार्ग र मदन भण्डारी लोकमार्गको संगमस्थलमा बुद्धको मूर्ति स्थापना गरिने भएको छ ।

कटारी नगरपालिका-३ डाडाँस्थित तीनकुने चोकमा कटारी नगरपालिकाको सहयोगमा बुद्धको मूर्ति स्थापना गर्न लागिएको हो ।

कटारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बुद्धको मूर्ति स्थापनाका लागि शिलान्यास गरेका छन् । उनले सबै धर्मको संरक्षण गर्न तीनकुने चोकमा बुद्धको मूर्ति स्थापना गरिने प्रतिक्रिया दिए ।

प्रकाशित मिति : १५ पुष २०७८, बिहीबार १२:३८   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।