Logo

अर्थ

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा चेक हस्तान्तरण



काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले नैकाप स्थित प्याराडाइस रिर्डस स्कुलमा एक कार्यक्रमको आयोजना गरी विमित तिलकनारायण श्रेष्ठले पाउनुपर्ने रकम तिलककी श्रीमती बिन्दु श्रेष्ठलाई हस्तान्तरण गरेको छ ।


तिलकनारायण श्रेष्ठले आफ्नो छोरा बेलिन श्रेष्ठको उज्वल भविष्यको लागि रिलायन्स लाइफ इन्स्योरेन्समा ‘मेरो मुटु’ योजना अन्र्तगतको वीमा गराएका थिए । छोराको प्रस्तावक आफू रहने खण्डमा गराइएको वीमामा तिलकको केही समय अगाडि आकस्मिक मृत्यु भएपछि इन्स्योरेन्स वाफुत् आउनुपर्ने रकम हस्तान्तरण गरेको चाबहिल ब्रान्चकि म्यानेजर लक्ष्मी न्यौपानेले बताएकी छन् ।


प्रस्तावक आफू रहेपछि आफ्नो मृत्युमा दुई पक्षलाई वीमाको रकम पाइने योजना रिलायन्स लाइफ इन्स्योरेन्समा ‘मेरो मुटु’ योजना अन्र्तगतको वीमामा रहेको छ । त्यही अनुरुप मृतककी श्रीमतीले आफ्नो छोरोको तर्फबाट चार लाख चालीस हजारको वीमा पाएकी हुन् । साथै रिलायन्स लाइफ इन्स्योरेन्सले बिलेन श्रेष्ठलाई अबको १७ वर्षसम्म मासिक चार हजार रुपियाँको दरले दिने भएको हो ।


ब्रान्च म्यानेजर लक्ष्मी न्यौपानेले रिलायन्स लाइफ इन्स्योरेन्सको वीमाका योजना पनि कार्यक्रममा प्रस्ट पारेकी थिइन् ।


कार्यक्रमको अध्यक्षता ग्रहण गरेका प्याराडाइस रिर्डस स्कुलका कअडिनेटर अर्जुन राइले आफ्नो र आफ्ना सन्तानका लागि अनिवार्य वीमा गराउनु् आवश्यक रहेको बताएका थिए ।

प्रकाशित मिति : १९ पुष २०७८, सोमबार १५:३८   :  बजे

801
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।