Logo

अन्तर्राष्ट्रिय

प्रधानमन्त्री माेदीलाई कालो झन्डा देखाउने महिलालाई पहिला हिरासतमा लगियो, अहिले गोली हानियो



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई डेढ महिनाअघि कालो झन्डा देखाएकी एक महिलालाई गोली हानिएको छ।

बिबिसी हिन्दीका अनुसार सोमबार साँझ उत्तर प्रदेशकी रिता यादवलाई अज्ञात समूहले गोली हानेको हो। खुट्टामा गोली लागेकी यादवको अहिले उपचार भइरहेको छ। उनलाई गोली हान्नेहरू फरार छन्।

यादवले गत नोभेम्बर १६ मा पूर्वाञ्चल एक्सप्रेस वेको लोकार्पण गर्न जाँदा सुल्तानपुरमा मोदीलाई कालो झन्डा देखाएकी थिइन्। उनलाई तत्काल प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको थियो। दुई दिनपछि उनी जमानतमा रिहा भएकी थिइन्।

पहिला समाजवादी पार्टीमा रहेकी रिता गत डिसेम्बरमा कंग्रेस आई पार्टीमा प्रवेश गरेकी थिइन्।

उत्तर प्रदेशमा केही समयपछि विधान सभाको चुनाव हुँदैछ। एजेन्सी

प्रकाशित मिति : २० पुष २०७८, मंगलवार ११:०५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।