कोरोना संक्रमण बढेको भन्दै सरकारले सोमबारदेखि विद्यालय बन्द गरेको छ । विद्यालयहरु वैशाख मसान्तसम्म बन्द भएपछि यसबारे सरोकारवालाहरुले गहिरो चासो र चिन्ता व्यक्त गरेका छन । कोरोना संक्रमण देखिएका स्थानमा मात्र विद्यालय बन्द गरी संक्रमण नदेखिएका स्थानमा विद्यालय यथावत सञ्चालन गर्नुपर्नेमा सरकारल हठात लिएको निर्णयले शैक्षिक क्षेत्र अस्तव्यस्त बनेको नेशनल प्याब्सनका महासचिव सुवास न्यौपाने र अभिभावक संघका अध्यक्ष केशव पुरीले बताए ।
अभिभावक संघका अध्यक्ष पुरीले सरकारले निर्णय गर्ने तर वैकल्पिक लगायत शैक्षिक क्षेत्र चलायमान बनाउनेबारे योजना र कार्यान्वयनमा ध्यान नदिएको गुनासो गरे । अघिल्लो वर्ष कोरोनाका कारण समस्या परेका बेला लामो समय बालबालिका समस्यामा परेको जस्तै अहिले पनि समस्या दोहोरिएको उनको भनाइ छ । त्यस्तै नेशनल प्याब्सनका महासचिव सुवास न्यौपानेले कोरोनाभन्दा सरकारले शैक्षिक क्षेत्रको व्यवस्थापनमा ध्यान नदिँदा बालबालिकाको शैक्षिक क्षतिमा ठूलो ह्रास आएको गुनासो गरे । यस्तै अवस्था अब केही दिन रहे विद्यालय बन्द हुने र विद्यालय सञ्चालकहरु पेशा पलायन हुनुको विकल्प नभएको उनको भनाइ छ ।
हेरौँ पुरी र न्यौपानेबीच कुराकानीको भिडियो :




















प्रतिक्रिया